शुसीला कार्की आइतबारदेखि सर्बोच्च आउने



काठमाडौं । सर्बोच्च अदालतकी प्रधानन्यायधीश शुसीला कार्की आइतबारदेखि सर्बोच्च अदालतमा फर्कने भएकी छन् ।

प्रधानन्यायधीश कार्की अहिले सरकारी निवास बालुवाटारमा रहेकी छन् । प्रधानन्यायधीश कार्कीको सचिवालयले दिएको जानकारी अनुसार कार्की बालुवाटारमा रहेको र केही सुभचिन्तकसँग बैठककमा रहेकी छन् । उनी आइतबारदेखि सर्बोच्चमा नियमित काममा फर्कने छन् ।

सर्बोच्चका न्यायधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले आज प्रधानन्यायधीश माथीको महाभियोग प्रस्ताव अगाडि नबढाउन व्यवस्थापिका संसद्को नाममा अन्तरिम आदेश दिएको थियो ।

राणाको इजलाशले आजैदेखि काममा फर्कन शुसीलालाई भनेको थियो । आज शुक्रवार भएको र कार्यालय समय सकिएको र भोली शनिवार भएको हुँदा कार्की आइतबार सर्बोच्चमा काममा फर्कने छन् । महाभियोग दर्ता भएपछि स्वत पद निलम्बन हुने हुँदा कार्की सरकारी निवास बालुुवाटारमा थिइन् ।


क्लिकमान्डु