सर्बोच्चको फैसलाले न्यायपालिकाको दुरुपयोग : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दर्ता भएको प्रधानन्यायधीश शुसीला कार्कीको महाभियोगको प्रस्ताव अगाडि नबढाउन सर्बोच्चले दिएको आदेश न्यायपालिकाले शक्तिको दुरुपयोग गरेको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले परिवर्तन विरोधको पक्षमा सर्बोच्चको फैसला आएको बताएका हुन् ।

उनले परिवर्तन नचाहने शक्तिले न्यायपालिकाको दुरुपयोग गरेको बताएका हुन् । यस बारेमा पार्टीले बैठक बसेर निर्णय लिने उनले बताए ।


क्लिकमान्डु