सुशीला कार्कीमाथिको महाअभियोग अगाडि नबढाउन सर्बोच्चको आदेश (फैसलासहित)



सर्बोच्च अदालतले प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध दायर भएको महाभियोग प्रस्ताव अगाडि नबढाउन आदेश दिएको छ ।

न्यायधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले महाभियोग भावना अनुसार नआएको बताएको छ ।

सर्बोच्चले महाभियोग प्रस्ताव अगाडि नबढाउन र शुसीला कार्कीलाई काममा फर्कन अन्तरिम आदेश दिएको हो ।

अभिवक्ता सुनिलरन्जन सिंहले शुसीला कार्कीमाथी महाभियोग लागेपछि व्यवस्थापिका संसद्लाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमा सुनुवाई गर्दै सर्बोच्चले शुसीला कार्कीलाई

महाभियोग लगाउने प्रस्ताव कानून अनुसार नदेखिएको भन्दै काममा फर्कन आदेश दिएको हो ।

कानून अनुसार महाभियोग लागेपछि प्रधानन्यायधीश सुशीला कार्कीको पद स्वत निलम्बन भएको थियो । संविधानमा संसद्मा कायम रहेका २५ प्रतिशत सांसद्ले महाभियोग प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान रहेको छ ।

महाभियोगको प्रस्ताव अगाडि नबढाउन र शुसीला कार्कीलाई काममा फर्कन सर्बोच्चले दिएको आदेश


क्लिकमान्डु