शे–फोक्सुन्डो गाउँपालिकाको सवै पदमा निर्विरोध




डोल्पा । उत्तरी डोल्पाको शे–फोक्सुन्डो गाँउपालिकामा स्थानीय तहको निर्वाचन हुनु अगाडि नै सवै पदमा निर्विरोध निर्वाचित भएका छन् ।

सो गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार टसी टुन्डुक गुरुङ तथा उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार दावा गुरुङ निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिए ।

यस्तै उक्त गाउँपालिकाको नौ वटै वडामा वडाध्यक्ष, महिला, दलितलगायत सम्पूर्ण सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकारी बुढाका अनुसार वडा नं १ को वडाध्यक्षमा जिमे छोइङ नर्बु लामा, महिला सदस्यमा फना लामा गुरुङ तथा अन्य सदस्यमा पेमा छिरिङ र छुल्डिम लामा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै वडा नं २ को वडाध्यक्षमा ग्याल्जेन लामा, महिला लेङदेन गुरुङ, अन्य सदस्य फुर्वा टसी गुरुङ र पाल्दाङ गुरुङ, वडा नं ३ को वडाध्यक्षमा कर्मा तुन्डुक लामा, महिला खाँडो गुरुङ तथा अन्य सदस्यमा कर्म आङग्याल गुरुङ र दावाटासी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी वडा नं ४ को वडाध्यक्षमा पेमा वाङछिङ गुुरुङ, महिला छिरिङ साङमो बुढा, दलित आङमे विक तथा अन्य सदस्यमा फन्जाङ दोर्जे गुरुङ र मोना दोर्चे लामा निर्विरोध भएका छन् भने वडा नं ५ को वडाध्यमा पेमा गुरुङ, दलित छिलिङ मुटुन विक, महिला सन्चोक लोगु गुरुङ तथा अन्य सदस्यमा निमा छिरिङ गुरुङ र कोची चोकडाल्या गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सो गाउँपालिकाको वडा नं ६ को वडाध्यक्षमा सिमजिङ गुरुङ, महिला पेमा छिरिङ गुरुङ तथा अन्य सदस्यमा कोङचोर गुरुङ र धार्के गुरुङ निर्विरोध भएका छन् भने वडा नं ७ को वडाध्यक्षमा पासाङ गुरुङ, महिला छैतन गुरुङ तथा अन्य सदस्यमा पेमा तेन्जिङ गुरुङ र नर्कु टोन्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी वडा नं ८ को वडाध्यक्षमा निमा लामा, महिला पेमा साङ्गे बैजी तथा अन्य सदस्यमा टसी गुरुङ र चाइना छिरिङ गुरुङ निर्विरोध भएका छन् भने वडा नं ९ को वडाध्यक्षमा लार्के लामा, महिला सदस्यमा पासाङ लिमा बैजी तथा अन्य सदस्यमा छिल्या बैजी गुरुङ र मुन्डुङ छेवाङ लामा निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन अधिकारी बुढाले बताउनुभयो ।

सम्पूर्ण पदका उम्मेदवार निर्विरोध भएपछि सो गाँउपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताउनुभयो । करिब तीन दिनको पैदल दूरीमा रहेको शे–फोक्सुन्डा गाउँपालिकाका गाउँ गाउँमा खटिएका निर्वाचन अधिकृत, सुरक्षाकर्मीलगायत सम्पूर्ण कर्मचारी सदरमुकाम फर्किन लागेको लवटले बताए ।

निर्विरोध निर्वाचित भएकाहरु मध्ये वडा नं १ का वडा सदस्य पेमा छिरिङ, वडा नं २ का सदस्य फुर्वा टसी गुरुङ र वडा नं ७ का सदस्य नर्कु टोन्डुक गुरुङ नेकपा ९माओवादी केन्द्रका तथा वडा नं ८ का वडा सदस्य मुन्डुङ छेवाङ लामा नेपाली काँग्रेसका उम्मेदवार हुन् । अन्य सबै निर्विरोध निर्वाचित उम्मेदवार नेकपा ९एमाले०का भएको जिल्ला निर्वाचन अधिकारी बुढाले जानकारी दिए ।


क्लिकमान्डु