सुशीला कार्कीलाई महाअभियोग लागेपछि नवराज सिलवालको मुद्दा स्थगित



काठमाडौं । सर्बोच्च अदालतको पेसीमा चढेको नवराज सिलवालको मुद्दा आज सुनुवाई नहुँने भएको छ ।

प्रधानन्यायशीश सुशीला कार्कीलाई महाअभियोग लागेपछि नवराज सिलवालको स्थगित गरिएको सूचना सर्बोच्चले दिएको छ ।

कार्कीलाई महाअभियोग लागेपछि कामु प्रधानन्यायधीशको जिम्मेवारी गोपाल पराजुलीले समालेका छन् । सरकारले सुशीला कार्कीले आज नवराज सिलवालको पक्षमा फैसला गर्ने अनुमानको आधारमा महाअभियोग लगाएको आरोप लागेको छ ।


क्लिकमान्डु