पहिलो चरणको स्थानीय तह निर्वाचन: उम्मेद्वारी दर्ता आज



काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता हुँदै छ ।

निर्वाचन आयोगले आज बिहान १० बजे देखि साझ ५ बजेसम्म उम्मेद्वारी दर्ता गर्न सकिने जनाएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३,४ र ६ नम्बरमा ३४ जिल्लामा स्थानीय तहको निर्वाचन हुन लागेको छ ।

यी प्रदेशमा मुख्यगरी काठमाडौं,ललितपुर,भरतपुर र पोखरा लेखनाथ महानगर रहेका छन् । बैशाख ३१ मा हुने २ सय ८३ स्थानीय तहको लागि उम्मेद्वारी दर्ता हुन लागेको हो ।
देशभर नै चासोका साथ हेरिएको काठमाडौं महानगर पालिका मेयर र उपमेयर पदको उम्मेद्वार भने प्रमुख राजनीतिक दलले अहिलेसम्म टुंगो भने लगाएका छैनन् ।


क्लिकमान्डु