एन.सि.एम. मर्चेन्ट बैंकिङ्ग अब सनराईज क्यापिटल बन्दै



काठमाडौं । एन.सि.एम. मर्चेन्ट बैंकिङ्ग लिमिटेडले नाम परिवर्तन गर्ने निर्णय गरेको छ । सनराईज बैंकको सहायक कम्पनी एन.सि.एम. मर्चेन्ट बैंकिङ्ग लिमिटेडको विशेष साधारण सभाबाट नयाँ नाम राख्ने निर्णय पारित गरेको छ ।

रत्नराज बज्राचार्यको अध्यक्षतामा बसेको सो विशेष साधारणसभाबाट कम्पनीको नाम परिवर्तन गरी “सन्राईज क्यापिटल लिमिटेड” नामांकरण गर्ने निर्णय पारित गरियो ।

साथै कम्पनीको कार्य क्षेत्र बिस्तार गर्न कम्पनीको शेयर पूँजी बृद्घि गरी जारी पूँजी २० करोड तथा चुक्ता पूँजी १० करोड कायम गर्ने लगायत प्रबन्धपत्र तथा नियमावलीमा पे्रषित दफाहरु संशोधन गर्ने सम्बन्धमा यस विशेष साधारण सभामा सर्वसम्मतबाट पारित गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु