एक महिनामा एक लाख उद्यमी



बेंसीसहर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले एक महिनामा एक लाख उद्यमी बनाइने बताएका छन्  ।

सुन्दरबजार महोत्सवको आज उद्घाटन गर्दै मन्त्री जोशीले आगामी प्रजातन्त्र दिवसका अवसरमा फागुन ६ गते लघु उद्योगसम्बन्धी विशेष सहुलियत कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए ।

दशदिने महोत्सवमा औद्योगिक मेला, व्यापारिक, कृषि तथा जडिबुटी प्रदर्शनी, पर्यटनलगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।


पुष्प दुलाल