तिसा गोल्डको ‘बिइङ ह्युमन’ ज्वेलरी नेपाली बजारमा



काठमाडौं । हिराको गहनाको स्थापित तिसा जेवेल्स प्रालिले तिसा गोल्ड तथा ‘बिइङ ह्युमन’ ज्वेलरी नेपाली बजारमा ल्याएको छ ।

राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी सो ब्रान्डका सुन तथा हिराका गहनाको शुभारम्भ गरिएको हो ।

केहिवर्ष अघिमात्र स्थापना भएको तिसा जेवेल्सले देशभर ५० भन्दा बढी ठाउँमा वितरण सञ्जाल पुर्याइसकेको छ ।

त्यसैगरी, परम्परागत तरिकाले चलिरहेको नेपाली गहना बजारलाई पृथक र व्यवस्थित तरिकाले अगाडि बढाउने जनाएको छ ।

कट, कलर, क्लारिटी, क्यारेटको बारेमापनि सम्पूर्ण ग्राहकवर्गलाई सुसूचित गराउदैं अन्तराष्ट्रियस्तरकै डिजाइन उपलव्ध गराउने कम्पनीको प्रतिवद्धता छ ।


पुष्प दुलाल