अर्घाखाँची सिमेन्टको विशेष भेटघाट कार्यक्रम चितवनमा



काठमाडौं । अर्घाखाँची ओपिसि सिमेन्टको गुणस्तरलाई सधै एक रुपतामा राख्नुपर्ने सरोकारवालाले बताएका छन् । अर्घाखाँची सिमेन्ट प्रा.लि.ले चितवनमा गरेको विशेष भेटघाट कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै इन्जिनियर एशोसियसन चितवनका अध्यक्ष हरि भण्डारीले हरेक सिमेन्ट कम्पनीले गुणस्तरीय भनेर प्रचार गरिरहेको अवस्थामा अर्घाखाँचीले आफ्नो गुणस्तरलाई ख्याल गर्नुपर्ने बताए । उनले सिमेन्ट उद्योगले आफ्नो ल्याबमा मात्रै परीक्षण नगरि इन्जिनियर एशोसियसनको ल्याबमा समेत गुणस्तरता देखाई अघि बढेमा इन्जिनियरहरुलाई पनि प्रचार–प्रसारमा सहयोग पुग्ने बताए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले देशभर नै अर्घाखाँची सिमेन्टको माग बढि रहेको बेला गुणस्तरलाई ख्याल गर्दै उत्पादनमा वृद्धि गर्नुपर्ने बताए । उनले विदेशी सिमेन्टलाई प्रतिस्पस्थापन गर्न स्वदेशी सिमेन्टको उत्पादनलाई वृद्धि गर्नु आवश्यक भएकाले आत्मनिर्भर बन्न यसतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ रत्न नगरका अध्यक्ष ज्ञानबहादुर बिसुरालले हरेक क्षेत्रमा अर्घाखाँची सिमेन्टको प्रयोग बढ्दै जानु सुखद पक्ष भएको भन्दै रत्न नगरमा हाल भईरहेको सडक विस्तारमा समेत अर्घाखाँची सिमेन्टको प्रयोग भएको हुँदा सिमेन्टको गुणस्तर निकै राम्रो पाएको बताए ।

कम्पनीका बजार प्रमुख रमेश थापाले उत्पादनको छोटो समयमै सिमेन्टले पाएको सफलतामा खुशी व्यक्त गरे । उनले चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड, विभिन्न हाईड्रो पावरहरुमा समेत अर्घाखाँची सिमेन्टको प्रयोग भईरहेको भन्दै माग बढ्दै गएको जानकारी दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष कल्याण जोशी, संघका हालका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, शहरी तथा भवन निर्माण व्यवसायी संघका अध्यक्ष शरद मानन्धरलगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अर्घाखाँची सिमेन्टका सिभिल इन्जिनियर विकास भट्टराईले सिमेन्ट उत्पादनको बारेमा जानकारी दिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु