सर्लाहीको लालबन्दीमा अर्घाखाँची सिमेन्टको विशेष भेटघाट



काठमाडौं । सर्लाहीको लालबन्दीमा अर्घाखाँची ओ.पी.सि. सिमेन्टले निर्माण मजदुर, मिस्त्री तथा निर्माण ब्यवसायि संग विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा निर्माण संवद्ध मिस्त्री, निर्माण व्यवसायि र कम्पनीका कार्मचारी बिच अन्तरक्रिया गरेको हो ।

कम्पनीका चिफ केमेस्टि राजु आनन्दले  गुणस्तरिय भवन निर्माण गर्न  गुणस्तरिय सामग्री आवश्यक रोहेको बताउँदै अर्घाखाँची सिमेन्ट गुणस्तरको हिसावले उच्चकोटिको रहेको बताए । उनले ग्रेडको हिसावले अन्य सिमेन्टको तुलनामा अर्घाखाँची सिमेन्ट १५ देखी २० ग्रेड बढिको रहेको बताउदै यस्को प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा मार्केटिङ म्यानेजर जनक पाण्डेले आर्घाखाँची सिमेन्टको अन्य सिमेन्टसंग तुलना गर्न नमिल्ने बताउदै हाल यसको उत्पादन २४ हजार बोरा प्रति दिन भएको र छिटै कम्पनीले दैनिक ६० हजार बोरा उत्पादन गर्ने गरी नयाँ प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा निर्माण संवद्ध मिस्त्री, निर्माण ब्यवसायिले आफुहरुले अर्घाखाँची सिमेन्ट बजारमा  आएदेखी नै यो अन्य सिमेन्टको दाँजोमा राम्रो रहेको पाएकाले निरन्तर प्रयोग गरिरहेको बताएका थिए ।

कार्यक्रममा सहभागी २ सय भन्दा बढिलाई कम्पनीले कर्नी, रुप्सा, टेप लगायतका निर्माण सामाग्री तथा कम्पनीको लोगो अंकित टिसर्ट र टोपी प्रदान गरेको कम्पनीले जनाएकाे छ  ।


क्लिकमान्डु