३१ बर्षदेखि कार्यरत चन्द्रशेखरन टाटाको नयाँ अध्यक्ष




मुम्बई । टाटाले नयाँ अध्यक्षको रुपमा नटराजन चन्द्रशेखरनलाई चुनेको छ । ५३ वर्षे चन्द्रअशेखरनले २१ फ्रेबुअरीदेखि अध्यक्ष पद समाल्ने छन् ।

साइरस मिस्त्रीलाई अध्यक्षबाट हटाएपछि टाटामा अध्यक्ष पद खाली थियो । अन्तरिम अध्यक्षको रुपमा रतन टाटाले काम गरिरहेका थिए । टाटा सन्सको बैठकले चन्द्रशेखरनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको हो । टाटा सन्स टाटाको विभिन्न कम्पनीको होल्डिङ कम्पनी हो ।

गत अक्टुबरमा तत्कालिन अध्यक्ष मिस्त्रीलाई हटाएपछि टाटाले नयाँ अध्यक्ष चयनको लागि समिति बनाएको थियो । समितिले चार महिनापछि अध्यक्ष चुनेको हो ।

टाटा सन्सको बिहीवार राती बसेको संचालक समितिको बैठकले समितिको सिफारिस अनुसार चन्द्रशेखरनलाई कार्यकारी अध्यक्ष बनाउने फैसला गरेको हो ।

कार्यकारी अध्यक्ष बनेका चन्द्रशेखरनले सन् १९८७ मा टाटा कम्पनीमा प्रवेश गरेका थिए । उनी टाटा कम्पनी टीसीएस र टाटा कन्सल्टेन्सी सर्विसको सिइओ र प्रवन्ध निर्देशकको रुपमा काम गरिसकेका छन् ।


क्लिकमान्डु