हुण्डाईको ‘विन्टर डिलाइट’ योजना, ग्राहकलाई छुटै-छुटको अफर



काठमाडौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ योजना ‘हुण्डाई विन्टर डिलाइट’ ल्याएको छ, जसमा ग्राहकले हरेक हुण्डाई गाडिको खरिदमा आकर्षक प्याकेज पाउने छन् ।

यो योजना पुस १४ देखि नेपालभर सिमीत अवधिसम्मको लागी लागु हुने बताइएकाे छ ।

यस योजनाअन्तर्गत हरेक हुण्डाई गाडिको खरिदमा ग्राहकले आकर्षक नगद छुट, निःशुल्क १ बर्षे बीमा सुबिधा, आकर्षक ब्याजदर, निःशुल्क सडक कर लगायतका छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

हुण्डाईका देशभर १६ शोरुमहरु रहेका छन् । ति सबै शोरुममा यो अफर लागु हुने कम्पनीले जानकारी दिएकाे छ ।


क्लिकमान्डु