१३औं राष्ट्रिय औघोगिक प्रदर्शनी पौष ५ गतेबाट सुरु, एउटै छानामुनी बुट र सुट उपलब्ध हुने



काठमाडौं । ‘आत्मनिर्भरताको आधार स्वदेशी वस्तुको प्रयोग’ भन्ने मुल नाराका १३औं राष्ट्रिय औघोगिक प्रदर्शनी हुने भएको छ । प्रदर्शनी म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजना पौष ५ देखि ११ गतेसम्म काठमाडौंको भृकृटीभण्डपमा आयोजना हुँदैछ ।

एउटै छानामुनी स्वदेशी बुट तथा सुट उपलब्ध हुने प्रदर्शनीमा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने आयोजकले जनाए ।

प्रदर्शनीमा जत्ता, चप्पल उघोग र कपडा तथा सिलाई व्यवसायी गरि करिब १ सय २५ स्टिल रहनेछन् । जसमा छालाका, क्याजुअल, स्कुल तथा कलेजका युनिफर्मका जुत्ता र जेन्टस तथा लेडिजका स्याण्डल लगाएत सर्ट पाइन्ट, सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु उपलब्ध हुने बताइएको छ ।


पुष्प दुलाल