साङयङको शोरुम नक्सालमा, गाडीकिन्दा ५ लाख नगद छुट



काठमाडौं । नेपालको नम्बर १ मोबाइल बिक्रेता कम्पनी आइएमएस ग्रुपले, आइएमएस मोटर्स अन्तगत काठमाडौंको नक्सालमा साङयङ गाडीको शोरुम उद्घाटन गरेको छ ।

शोरुमको उद्घाटन नेपालका लागि कोरियाका राजदुत चो यंग जिनले गरे । उद्घाटनमा राजदुत जिनलाई आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मल्होत्राले साथ दिएका थिए ।

‘साङयङ कोरियाको नम्बर एक कम्पनी हो । सुरक्षा र आनन्दमा विश्वास गर्ने कोरियनहरु साङयाङ चढ्न रुचाउँछन् । कोरियाका जनताहरुको दिल र दिमागमा बस्न सफल रहेको साङयङ नेपाली जनताहरुको पनि विश्वास जित्न सफल हुनेछ,’ राजदुत जिनले भने ।

त्यसैगरी, आइएमएस मोटर्स्ले नेपालका मुख्य शहरहरुमा आफ्ना डिलरहरुको उपस्थित बढाएर बजार विस्तार गर्ने योजना बनाएको छ ।

शोरुममा हाल साङयङका चार ब्राण्ड एक्सएलभी, कोरान्डो, रेक्सन र एक्टयोन मोडलका गाडी उपलब्ध छन् । साङयङका कारहरुमा अल्ट्रा हाई स्ट्रेन्थ, बुटस्पेश, डुअल अटोमेटिक एसी, ल्युटुथ कनेक्टिभीटी लगायतका सुबिधा रहेका छन् ।

साङयङ मोटर कम्पनी दक्षिण एसियाको चौथो ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर पनि चिनिन्छ । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक-अप ट्रक, भ्यान, ट्रक तथा बसहरु निर्माण गर्दै आएको छ ।

शोरुम उद्घाटन तथा आउदै गरेका क्रिसम र नयाँ वर्षको उपलक्ष्यमा कम्पनीले आइएमएस मोटर्सको साङयङ गाडीहरुको खरिदमा ५ लाख रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ । यो अफर १८ डिसेम्बर २०१६ देखि ६ जनवरी २०१७ सम्म लागु हुने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल