लगानी सम्मेलनबाट१ अर्ब वैदशिक लगानी भित्र्याउने सरकारी योजना



काठमाडौँ । सरकारले अबको १० वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने खालको लगानीमैत्री वातावरण बनाउनका लागि नीति तयार गर्न लागेको छ ।

उद्योग मन्त्रालयमा आज नेपाली काँग्रेससँग आबद्ध सांसदसँगको छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले आर्थिक र औद्योगिक क्षेत्र तथा वैदेशिक लगानी नीति संसदमा प्रस्तुत भइसकेको र बौद्धिक सम्पत्ति नीति पनि ल्याउने तयारीमा भइरहेको जानकारी दिए ।

आगामी फागुन १९ र २० गते अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन नेपालमा गरी करिब ३०० विदेशी लगानीकर्तालाई ल्याएर थप  एक अर्ब लगानी नेपाल ल्याउने उद्देश्य रहेको समेत मन्त्री जोशीले बताए ।

राज्यमन्त्री कञ्चनचन्द्र वादेले मन्त्रालयले लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि काम गरिरहेको र २० घन्टाभित्र उद्योग गर्दा गर्न सकिने प्रावधान आजैदेखि सुरु भएको बताए ।

छलफलमा काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र सांसदले नेपालमै रोजगारीको सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिएका थिए । मन्त्रालयले उद्योग क्षेत्र सुधार कार्यक्रमअन्र्तगत अन्य दलका सांसदलाई पनि बोलाएर छलफल गर्ने तयारी गरेको छ ।


पुष्प दुलाल