स्वास्थ्य मन्त्री गगनको दबाबमा नयाँ डिन नियुक्त, डा. केसीको अनसन आजै तोडिने



dr-govinda-kc

काठमाडौं । स्वास्थ्य मन्त्री गगनर थापाले विगत तीन साता देखि अनसनरत डा गोविन्द केसीसँग सम्झौता गराई अनसन तोडाउने प्रयास शनिबार सफल भएको छ ।

मन्त्री थापाकै दवावमा निवर्तमान डिन केशवप्रसाद सिंहले राजिनामा दिएपछि खाली भएको ठाउमा बालुवाटारमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले डा जगदिश अग्रवाललाई नयाँ डिनमा नियुक्त गर्ने निर्णय गरेको हो । नयाँ डिन अग्रवालको नियुक्ति आजैदेखि लागु भएको छ ।

मन्त्री थापाले शनिबार विहान त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिष्टार लगायत सरोकारवालाहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर डा केसीका माग पुरा गर्न लगाएका हुन् ।

सम्झौता गर्दा केही साछीहरु समेत राख्न डा केसीले माग गर्नु भएको र आजै सम्झौता गरी अनसन तोडाउने तयारी भएको मन्त्री थापाले जानकारी दिए ।

नयाँ डिनको नियुक्ती र अन्य मागका बारेमा स्वास्थ्य मन्त्री थापाले डा केसीलाई अनसनस्थल टिचिङ अस्पतालमै पुगेर जानकारी गराएको मन्त्री थापाका पे्रस संयोजक जीवन भण्डारीले क्लिकमाण्डूलाई जानकारी दिए ।

मन्त्री थापा र डा केसीबीचको छलफल अनुसार आजै सम्झौता भई अनसन पनि आजै तोडिने भएको छ ।

र, यो पनि पढ्नुहोस् – गगन थापा र गोविन्द केसीबीच राती साढे १ बजेसम्म वार्ता, १० बुँदे सहमतिपत्र तयार शनिबार नै डिन नियुक्ति गर्ने तयारी

 


पुष्प दुलाल