साख जोगाउला त नयाँ म्याकबुकले?



mac_book

तामझामसाथ बुधबार एप्पलले आफ्ना म्याकबुक सिरिजका नयाँ उत्पादन सार्वजनिक गर्यो । बिगतभन्दा भिन्न यो वर्षका उत्पादनहरूमा किबोर्डको माथिल्लो स्थानमा टच सेन्सर युक्त डिस्प्ले जुन यसभन्दा अघि अन्य कुनै उत्पादकले नगरेको प्रयोग गर्यो ।

यसपाली म्याकले फिंगरप्रिन्ट सेन्सरसहित सिंगै टचबार म्याकबुक प्रोमा दिएको छ । जसमा एप्लिकेसन अनुरुपका कमाण्ड चल्ने छन् । जस्तो कि फिल्म हेरिरहेको समयमा टचबारले फिल्मको एक्स्पेट रेसियो, साउण्ड, ब्राइटनेसमा काम गर्ने छ र सोहि टचबार फेसबुकको प्रयोगको बेलामा इमोजी पठाउन सजिलो हुनेछ ।

पछिल्लो वर्षको मे यता उसले म्याकबुक प्रोका कुनै पनि सँस्करण सार्वजनिक गरेको थिएन । यो बर्ष म्याकको बिक्रीमा आएको गिरावट एउटा त सम्पूर्ण डेस्कटप कम्प्युटरको बजारले भोगेको गिरावट र अर्को भने लामो समयसम्म आइफोन सिरिजमा ध्यान दिएर म्याकमा गर्न नसकेको रिफ्रेस्मेन्ट रहेको गार्टनर विश्लेषक रोबर्टा कोजाको विश्लेषण छ ।

अघिल्लो वर्षको तुलनामा उसको यस वर्षको बिक्री भने १० प्रतिशतले खस्किएको छ । ल्यापटप र डेस्कटपको व्यापार खुम्चिनेमा अघिल्लो बर्षभन्दा १४.१ प्रतिशत हिस्सा गुमाउने एसर अग्रस्थानमा छ र यता उसलाई पछ्याउँदै १३.४ प्रतिशत हिस्सा गुमाउने एप्पल दोस्रो रहेको गार्टनरको रिपोर्टले जनाएको छ ।

नयाँ म्याक सिरिजमा के छ ?

सेन्सरयुक्त टच बार

यसपाली म्याकले सेन्सर र डिस्प्लेयुक्त टच बार प्राप्त गरेको छ । उसले फिङ्गरप्रिन्ट युक्त लक-अनलक राखेको छ, अब म्याक अनलक गर्न पासवर्ड हानिरहनु पर्दैन । नयाँ टचबारले प्रयोगकर्तालाई इन्टरनेट ब्राउजरमा आवश्यक परेको बेला सजिलै बुकमार्क राख्न, फोटो लाइब्रेरीमा रहेका फोटोहरूलाई टचबार बाटनै स्क्रोल गर्न सजिलो बनेको छ । यसअघि आइफोनहरुमा रहेको वर्ड सजेसन् यसपाली म्याकले पनि पाएको छ ।

अटो वर्ड सजेसनले प्रयोगकर्ताले टाइप गर्दै गरेका लामा र अप्ठ्यारा शब्दहरूलाई चुन्न मौका दिने छ जसले गर्दा टाइप स्पिड बढ्ने कम्पनिली दाबी गरेको छ । मोबाइल र सामाजिक सञ्जालमा चर्चित इमोजीले टचबारमा स्थान पाएको छ । यति सबै टचबारमा भएपनि एप्पलले टच प्रविधिमा रहेको उसको अग्रता स्क्रिनमा भने दिएको छैन, अहिलेको म्याकपनि टच स्क्रिन रहेको भने छैन ।

यसपाली म्याकले सेन्सर र डिस्प्लेयुक्त टच बार प्राप्त गरेको छ । उसले फिङ्गरप्रिन्ट युक्त लक-अनलक राखेको छ, अब म्याक अनलक गर्न पासवर्ड हानिरहनु पर्दैन ।

म्याकमै पेमेन्ट अप्सन

नयाँ म्याकमा रहेको टच आइडी फिङ्गरप्रिन्ट सेन्सरले अब अनलाइनमा गरिने कारोबारको एक हिस्सा बन्ने निश्चित भएको छ । यसमार्फत एप्पलले आइफोनमा परिचय गराएको एप्पल-पे ले टच डिभाइसबाट म्याकसम्म फराकिलो दायरा समेट्ने छ । नयाँ पोर्टको सुरुवात- पुराना डिभाइसमा छुट्टाछुट्टै रहेका पावर पोर्ट, एचडिएमआइ पोर्ट, एसडी कार्ड पोर्ट हटाएको छ । यसमा अहिले ४ वटा ठथन्डरबोल्ट थ्री पोर्ट रहने छन् जसमा उसले युएसबी-सी को प्रयोग हुने छ । पुराना डिभाइसमा प्रयोग हुने पेरिफेरियललाई अब एडाप्टर मार्फतमात्र नयाँ म्याकमा प्रयोग गर्न मिल्ने छ । एप्पल आइफोन ७ बाट उसले हटाएको ३ एमएमको अडियो ज्याकले भने म्याकमा समेत निरन्तरता पाएको छ ।

फराकिलो ट्रयाक प्याड

यसपटक एप्पलले सार्वजनिक गरेका १३ इन्च र १५ इन्च म्याकमा बिगतका भन्दा फराकिला ट्रयाकप्याड रहेका छन् । थ्रीडी ग्राफिक्सलाई सुहाउँदो र चलाउन सजिलो ट्रयाकप्याड र शक्तिशाली प्रोसेसर राखेको एप्पलले म्याकलाई पछिल्लो पटक अझ व्यवसायी बनाएको छ । यसले थ्री-डी ग्राफिक्समा काम गर्ने व्यवासायी, आर्टिस्ट र एनिमेटरलाई बरदान बन्ने कम्पनिको दाबी छ । मूल्य: टचबार युक्त १३ इन्च म्याक बुक प्रोलाई १७९९ अमेरिकी डलर, १५ इन्चलाई २३९९ पर्ने छ । जुन १३.५ इन्च जोड्न र छुट्याउन मिल्ने र टचस्क्रिन सहितको यसै हप्ता माइक्रोसफ्टद्वारा सार्बजनिक सर्फेस प्रो को मूल्य बराबर हो । सामाजिक संजालमा प्रतिक्रिया : एप्पलको म्याक र माइक्रोसफ्टको सर्फेस प्रो लाई लिएर सामाजिक संजालमा धेरै पोस्टहरु सार्बजनिक भईरहेका छन् । ट्वीटर प्रयोगकर्ताले एप्पलको म्याक भन्दा माइक्रोसफ्टको सर्फेसलाई धेरै मन पराए ।


क्लिकमान्डु