दुर्गा प्रसाईं भारतबाट पक्राउ

3.3k
Shares

फाइल तस्बिर

काठमाडौं । चैत १५ गतेको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतको दाबी छ ।

उनलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल ल्याउँदै गरको स्रोतको भनाइ छ ।

तर, गृहमन्त्री रमेश लेखकले भने प्रसाईं चाँडै पक्राउ पर्ने बताए । ‘समाचारहरु के आए थाहा छैन,’ लेखकले क्लिकमान्डुसँग भने, ‘उनी चाँडै पक्राउ पर्छन् ।’