आइफोन र सामसुङलाई टक्कर दिँदै गुगलले ल्यायो स्मार्ट फोन



google_pixel

स्मार्टफोन बजारका दुई ठूला प्रतिश्पर्धी आइफोन र सामसुङलाई टक्कर दिँदै टेक्नो जाइन्ट कम्पनी गुगलले पहिलोपटक स्मार्टफोन हार्डवयरमा हात हालेको छ । गुगलले दुई स्मार्टफोन ‘पिक्सेल’  र ‘पिक्सेल एक्सएल’ मंगलबार राती अमेरिकाको सानफ्रान्सिस्को आयोजित भव्य कार्यक्रममा सार्वजनिक गरेको छ ।

स्मार्टफोन बजार गुगलका लागि नौलो होइन । अहिले प्रत्येक १० स्मार्ट फोन मध्ये ९ फोनले गुगलकै सफ्टवयर एन्ड्रोइड प्रयोग गर्दै आएका छन् । सामसुङ, एटचटिसी, लेनोभो देखि भरखरै बजार जमाउँदै गरेका साओमी, जिओमी जस्ता स्मार्टफोनको सफ्टवेयर निर्माता गुगल आफैले हार्डवयर उत्पादनमा हात हालेपछि बजारमा बेग्लै तरंग पैदा भएको छ ।

के छ पिक्सेलमा?

भरखरै बजारमा आएका आइफोन ७ वा ग्यालेक्सी नोट ७ को प्रयोग गरिराख्नु भएको छ भने तपाइलाई केही इर्ष्या लाग्न सक्छ । अधिकाशं मिल्दा जुल्दा फिर्चस हुँदा हुँदै पनि गुगल पिक्सेलमा केही एक्साइटिङ फिचर्सहरू छन् जसले प्रतिश्पर्धीको टाउको दुखाई हुन सक्छ । डिजाइन, हार्डवयर र प्रिफमेन्सका हिसाबले आफ्ना प्रतिश्पर्धीमाझ अब्बल ठहरिने सम्भावना पिक्सेललले बोकेको छ ।

क्यामेरा

पछाडी १२.३ मेगापिक्सेल र अगाडी ८ मेगापिक्सेल क्षमता भएका पिक्सेलका क्यामेरामा स्मार्टफोन दुनियामा अहिलेसम्मकै तिब्र गतिको सटर स्पिड उपलब्ध छ । जसका कारण एचडिआर र एचडिआर प्लस मोडमा पिक्सेले स्तरिय तस्वीर लिन सक्छ । पिक्सेलको लागि तयार गरिएको स्मार्टब्रस्ट फिचर्सले एकै क्लिकमा थुप्रै तस्वीर लिन्छ र ति मध्ये सबैभन्दा राम्रोलाई सुरक्षित गर्छ । एफ २.० एपर्चर ले प्रयाप्त प्रकाश नहुने ठाउँमा पनि राम्रो तस्वीर लिन सकिन्छ ।

अनलिमिटेड स्टोरेज!

पिक्सेल फोन ३२ र ६४ जिबीको स्टोरेज क्षमतामा उपलब्ध छन् । यो बाहेक एस्टर्नल एस डी कार्डको प्रयोग गर्न मिल्दैन । तर, गुगलले पिक्सेलका प्रयोगकर्तालाई इन्टरनेट मार्फत चाहिए जति क्लाउड स्टोरेज उपलब्ध गराएको छ । उच्च क्वालिटीका तस्वीर र भिडियो स्टोर गर्न इन्टरनेट कनेक्सनमा भए कुनै चिन्ता लिनु पर्ने छैन् ।

गुगल एसिस्टेन्ट

नजिकै मम पसल कता छ ? अथवा काठमाडौं देखि नयादिल्लीको दुरी कति हो? यस्ता तपाईका जिज्ञासाको उत्तर दिन्छ गुगल असिस्टेन्टले । यो सेवालाई गुगलले इनबिल्ट फिचर्सको रूपमा ल्याएको छ । आइफोनको सिरी भन्दा गुगल एसिसटेन्टमा धेरै सुविधा समाहित छन् ।

डे ड्रिम

गुगगले आफ्नो भर्चुवल रियालिटी डिभाइसँग प्रयोग गर्न तालमेल मिलाएर पिक्सेलको निर्माण गरेको छ । पिक्सेल फोन हुनेले डे ड्रिम हेडसेट लिनु भयो भने भिआर गेम देखि युटुब, नेटफ्लेक्सम्मको भर्चुवल रियालिटी अनुभव पाउनु हुने छ ।

हार्डवयर

पिक्सेल भर्सन ५ इन्च र पिक्सेल एक्स एल ५.५ इन्चको साइजमा उपलब्ध छन् । ब्ल्याक, सिल्भर र ब्लु कलरमा सेट उपलब्ध छन् ।  ४ जिबी र्‍याम, क्बार्ड कोर २X २.१५ गिगाहर्जको प्रोसेसर रहेको पिक्सेलमा कनेक्टिभिटीका लागो टाइप सी युएसबी उपलब्ध छ । अडियोको लागि ३.५ अडियो पोर्ट प्रयोग गर्नु पर्दछ ।

हार्डवयरमा अर्को आकर्षक पक्ष टिकाउ ब्याट्री हो । पिक्सेलमा ३ हजार ४ सय ५० एम एच क्षमता सम्मको ब्याट्री प्रयोग गरिएको छ । छिट्टै चार्ज गर्न मिल्ने पिक्सेल १५ मिनेट चार्ज गर्दा ७ घन्टासम्मलाई पावर पुग्दछ ।

मुल्य

गुगलले ५ इन्चको ३२ जिबी पिक्सेलको मुल्य ६ सय ४९ अमेरिकी डलर तय गरेको छ । सबैभन्दा महंगो १ सय २८ जिबी पिक्सेल एक्स एलको मुल्य ८ सय ६९ अमेरिकी डलर पर्दछ ।


क्लिकमान्डु