यस्ता छन् आइफोन ७ का प्रतिस्पर्धी



note_7

आइफोन सेभेन बुधवार नै सार्वजनिक हुने करिब-करिब पक्का छ । स्मार्टफोन बजारको मुख्य हिस्सेदार आइफोनको नयाँ सस्करणले के के समेट्ने हो धेरैको चासो छ । सामसुङ लगायत अरू प्रतिश्पर्धी कम्पनीले आइफोनसँग भिड्न नयाँ मोडलका स्मार्टफोन धमाधम बजारमा ल्याउँदै छन् ।

सामसुङले ग्यालेक्सि नोट सेभेनलाई केही साता अगाडी नै अन्तर्राष्ट्रिय बजारमा ल्याइसकेको छ । पहिलो पटक आईरिस स्क्यानिङ सिष्टम भएको यो मोडलमा सामसुङले धेरै नयाँ  सुविधाहरू प्रस्तुत गरेको थियो ।

अमेरिका र दक्षिण कोरियामा बिक्रि गरिएका तीन दर्जन सेटहरूको ब्याट्री चार्ज गर्दा पड्किएपछि कम्पनीले ठुलो क्षति बेहोर्नु परेको छ । यसै प्रकरणले सामसुङलाई पछाडि पार्ने अनुमान गरिएको छ ।

एचटिसिले पनि सेप्टेम्बरको पहिलो सातामै वान ए नाइन एसलाई अन्तर्राष्ट्रिय बजारमा ल्याएको छ । क्वालकम स्न्यापड्रागन प्रोसेसर रहेको यो सेटमा ३ जिवी र्‍याम र १६ जिवी स्टोरेज रहेको छ । १३ मेगापिक्सेल रिअर र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको यो सेटको डिस्प्ले ५ इन्चको छ ।

चिनिया कम्पनी लेनोभोले पनि सेप्टेम्बर पहिलो सातामै प्ल्याव टु प्लसलाई अन्तर्राष्ट्रिय बजारमा ल्याउँदैछ । ५ दशमलब ५ इन्च डिस्प्ले रहेको यो सेटमा २ दशमलब १ गिगाहर्ज डेका कोर प्रोसेसर छ । ३ जिवी र्‍याम र ३२ जिवी मेमोरी रहेको यो सेटको रिअर क्यामेरा १३ र फ्रन्ट  क्यामेरा ५ मेगापिक्सेलको छ ।

मोटोरोलाले सेप्टेम्बरमै मध्यम रेन्जको मोटो जि फोर प्लेलाई सर्वजनिक गरेको छ । २ जिवी र्‍याम, १६ जिवी इन्टरनल स्टोरेज  रहेको यसमा ८ मेगापिक्सेल रिअर र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । ५ इन्च डिस्प्ले भएको यो सेटमा १ दशमलब २ गिगाहर्जको क्वालकोम स्न्यापड्रागन प्रोसेसर रहेको छ ।

motog4

साओमीले रिडमी थ्रीलाई पनि सेप्टेम्बरको दोस्रो सातामा अन्तर्राष्ट्रिय बजारमा ल्याउदैछ । १ दशमलब २ गिगाहर्ज ओक्टाकोर प्रोसेसर रहेको यो सेटमा २ जिवी र्‍याम र १६ जिवी मेमोरी रहेको छ । ४ हजार १ सय एमएएच ब्याटि्र क्षमता रहेको यो सेटको रिअर क्यामेरा १३ मेगापिक्सेलको छ भने फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ ।

लेनेभोले जुक २ लाई पनि सेप्टेम्बर पहिलो सातामै अन्तर्राष्ट्रिय बजारमा ल्याउदै छ । ४ जिवी र्‍याम र ६४ जिवी मेमोरी रहेको यो सेटमा २ दशमलब १५ गिगाहर्ज क्वाडकोर क्वालकम स्न्यापड्रागन प्रोसेसर रहेको छ । ३ हजार ५ सय एमएएच ब्याट्री क्षमता रहेको यो सेटको रिअर क्यामेरा १३ मेगापिक्सेल र फ्रन्ट क्यामेरा ८ मेगापिक्सेलको छ ।

नोकियाले पनि सि वानलाई सेप्टेम्बरको पहिलो साता अन्तर्राष्ट्रिय बजारमा ल्याउदैछ । १ दशमलब ४ गिगाहर्ज ओक्टाकोर प्रोसेसर रहेको यो सेटको डिस्प्ले ५ इन्चको छ । २ जिवी र्‍याम र ३२ जिवी मेमोरी रहेको यो सेटको रिअर क्यामेरा ८ मेगापिक्सेल र फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ ।

एसुसले पिगासुस एक्स ००५ लाई सेप्टेम्बर पहिलो सातामै अन्तर्राष्ट्रिय बजारमा ल्याउदैं छ । १ दशमलब ३ गिगाहर्ज ओक्टाकोर प्रोसेसर रहेको यो सेटमा २ जिवी र्‍याम र १६ जिवी मेमोरी रहेको छ । ५ दशमलब ५ इन्च डिस्प्ले रहेको यो सेटको रिअर क्यामेरा १३ मेगापिक्सेल र फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ ।


क्लिकमान्डु