युटिएललाई युनिफाइड लाइसेन्स



utl

काठमाडौं । युनाइटेड टेलिकम नेपाल (युटिएल)लाई नेपाल दुरसञ्चार प्राधिकरणले  युनिफाइड लाइसेन्स दिएको छ । लामो समयदेखि सिडिएमए प्रविधिमा आधारित टेलिफोन सेवा सञ्चालन गर्दै आएको युटिएलसँग यस अगाडि ‘लिमिटेड मोबिलिटी’को मात्र अनुमति थियो ।

युनिफाइड लाइसेन्स पाएपछि युटिएल ले सिडिएमए बाहेक जिएसएम र पिएसटिएन सेवा पनि सञ्चालन गर्न पाउने छ । यस अघि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलसँग मात्र यस्तो लाइसेन्स थियो ।

९ सय मेगाहर्ज फ्रिक्वेन्सीमा युटिएललाई यस्तो अनुमति दिने निर्णय २०६९ चैतमै दुरसञ्चार प्राधिकरणले गरेको थियो । तर, युटिएलले बैंक ग्यारेन्टी र लाइसेन्स शुक्ल बुझाउन नसक्दा लाइसेन्स जारी गर्ने प्रकृया नै त्यत्तिकै थन्किएको थियो ।


क्लिकमान्डु