एनटिसीका एमडीको अवकाश



तस्वीर: अनलाइनखबर
तस्वीर: अनलाइनखबरबाट

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यले सोमबारदेखि अवकाश पाएका छन् । उनको ठाउँमा नयाँ नियुक्ति भइसकेको छैन । सूर्यभक्त पोखरेललाई निमित्त तोकिएको छ ।

दुई वर्ष लामो कार्यकाल सकेर आचार्यले विदाई लिएका हुन् । उनको कार्यकालमा पूर्वाधार निर्माण र ग्राहक सङ्ख्या विस्तारमा केही उल्लेखनीय काम भएका छन् ।

नयाँ प्रबन्ध निर्देशकको नियुक्तिका लागि सञ्चार मन्त्रालयले गठन गरेको समितिले दरखास्त आह्वान गरे पनि छनौट टुङ्ग्याउन सकेको छैन् ।


क्लिकमान्डु