सामसुङले नेपालमा घटायो मोबाइलको मुल्य



samsung

दसैंको सपिङलाई लक्षित गरी सामसुम मोबाइलले विभिन्न अफर सार्वजनिक गरेको छ ।  ८६ हजार ९ सयको ग्यालेक्सी नोट ५ अफरमा ७६ हजार ९ सयमा उपलब्ध हुने भएको छ ।

भदौ १२ गतेदेखि असोज २० सम्म लागु हुने नयाँ मुल्य सँगै दैनिक लक्की ड्र बाट उपहार पनि घोषणा गरिएको छ । सामसुम नेपालले जनाए अनुसार हरेक दिन लक्की ड्र मार्फत एक जनालाई १ लाख रकम र ३ जनालाई उपहार प्रदान गरिने छ । लक्की ड्र का लागि आफुले किनेको सिरियल नम्बर सहित ३७७२२ मा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

५० हजार ९ सयको ग्यालेक्सी ए ७ अफरको अवसरमा ४५ हजार ९ सयमा किन्न सकिने छ । त्यस्तै  ग्यालेक्सी जे ७ नियमित मुल्य २७ हजार ९ सय ९० सट्टा २६ हजार ४ सय ९० मा आउने भएको छ ।ग्यालेक्सी जे ५ मा २ हजार कम गर्दै २३ हजार ४ सयमा उपलब्ध गराउने भएको छ ।


क्लिकमान्डु