आइफोन ७ मा ‘हेडफोन ज्याक र होम बटन हट्ने’



ip1

स्मार्टफोन बजारको मुख्य हिस्सेदार आइफोनको नयाँ संस्करण ‘आइफोन ७’  यसै साता सार्वजनिक हुने तयारीमा छ । आइफोन ७ का नयाँ फिचर्स, रंग, आकार, तौल जस्ता कुरामा अनेक अडकलबाजी भइरहेका छन् तर एप्पलले भने आधिकारिक रूपमा कुनै सूचना सार्वजनिक गरेको छैन् ।

धेरैको अनुमान के छ भने आइफोनको यो संस्करणदेखि ३.५ मिमिको हेडफोन ज्याक हट्ने छ । यसको बिकल्पको रूपमा वायरलेस हेड सेट अघि सार्ने छ । हेडफोन ज्याकको अर्को विकल्प लाइटिङ पोर्ट (चार्ज गर्ने पोर्ट) नै प्रयोगमा ल्याउने हो । यसले आइफोनको बडी साइज पहिला भन्दा स्लिम बनाएको छ ।

होम बटनलाई पनि आइफोनले निरन्तरता नदिने भएको छ । होम बटनको विकल्पमा डिजिटल टच बटन आउने छ । प्रेसर सेन्सेटिभीलाई रिड गरेर यस्तो बटनले काम गर्ने छ । यो संस्करणमा १६ जिबी स्टोरेज क्षमतामा फोन उपलब्ध हुने छैन् । ३२, १२८ र २५६ जिबी क्षमतामा बजारमा जाने तयारी एप्पलको छ ।

फुल एचडी (1080p) डिस्प्ले रेजुलेशन सहित आउने नयाँ आइफोनमा पछाडी १२ मेगा पिक्सेलका दुइ लेन्स सहितको क्यामेरा आउने छ । एउटा लेन्स वाइड एङ्गल हुने छ भने अर्को टेली एङ्गलको ।

आइफोन ७ पाँच रंगमा उपलब्ध हुने छ । वाटर प्रुफिंङ र वाटर रेसिस्टेन्सीमा पनि आइफोनले ब्यापक सुधार गरेको छ ।

i2


क्लिकमान्डु