मोवाइल पड्किएपछि सामसुङले नोट सेभेन फिर्ता माग्यो



galaxy-note-7
एण्ड्रोइड फोनमा विश्वको ठूलो हिस्सा ओगटेको सामसुङले आफूले पछिल्लो पटक ल्याएको ग्यालेक्सि नोट सेभेन फोनलाई फिर्ता गर्न आव्हान गरेको छ ।

दक्षिण कोरिया र अमेरिकामा नोट सेभेन चार्ज गर्ने क्रममा पड्किने  घटना बढेपछि कम्पनीले ग्राहकलाई यो सेट फिर्ता गर्न आव्हान गरेको हो । सामसुङका अनुसार यो मोडलको सेट २५ लाख प्रति बिक्री भैसकेको जनाएको छ ।

सामसुङका प्रमुख खो डोङका अनुसार निर्माण गर्ने बेला भएको सानो गल्तीको कारण यो समस्या आएको हो र हामी चाँडै नै समस्याको पहिचान गर्दैछौँ ।
सामसुङले यो सेटलाई अहिलेसम्म १० विभिन्न मुलुकमा बिक्रीका लागि पठाइसकेको छ । तर यसमा प्रयोग भएका ब्याट्रिहरु पनि विभिन्न देशमा बनेका हुनाले कहाँको निर्माण त्रुटीका कारण भएको भन्ने थाहा लाग्ने छ । यसरी सेट फिर्ता गरेका ग्राहकलाई दुई साता भित्र नयाँ सेट उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

आईफोनले बजारमा नयाँ मोडल आईफोन सेभेन ल्याउने अन्तिम तयारी गरेको बेला सामसुङले बजार हिस्सा ओगट्न नोट सेभेनलाई अगाडि नै ल्याएको थियो । यो घटनाले गर्दा सामसुङलाई ठूलो धक्का लाग्ने देखिएको छ ।


क्लिकमान्डु