किबोर्ड बिनाको ‘योगा बुक’, १५ घन्टा ब्याट्री टिक्ने



yoga3

जर्मनीमा बिहिबारबाट सुरू भएको युरोपकै ठूलो ग्याजेट मेला आएफएमा चिनियाँ कम्पनी लेनोभोले एक आकर्षक प्रोडक्ट ‘योगा बुक’ सार्वजनिक गरेको छ । तीन वर्ष लामो तयारी पछि लेनोभोले ल्यापटप प्रयोगकर्तालाई लक्षित गरी सार्वजनिक गरेको ‘योगा बुक’ ल्यापटप र ट्याबलेटको हाइब्रिड भर्सन हो ।

के छन् विशेषता?

योगा बुकमा किबोर्ड छैन् । दुई वटा स्क्रीन छन् । स्क्रीनलाई ३६० डिग्रीमै घुमाउन सकिन्छ । एउटा स्क्रीनलाई टच किबोर्डको रूपमा प्रयोग गर्न पनि सकिन्छ । यस्तो किबोर्ड आवश्यकता अनुसार अन-अफ गर्न मिल्छ । स्लेटको रूपमा औंला वा पेनले लेख्न पनि सकिन्छ । यस्तो दोस्रो स्क्रीन छुट्याएर एउटा मात्र प्रयोग गर्न पनि सकिन्छ ।

पुरानो जमनामा झै हातले लेख्‍नमै रमाउनुहुन्छ भने पनि स्कीन माथि सेतो कागज राखेर सामान्य कलमले लेख्नुभयो गज्जबले काम गर्छ यसले ।

नेपाली प्रयोगकर्तालाई आकर्षण हुन सक्ने यसको विशेषता भनेको ब्याट्रीको टिकाउ पनि हो । कम्पनीले यसको ब्याट्री १५ घण्टासम्म टिक्ने दाबी गरेको छ ।

हार्डवयर

११.१ इन्जको फुल एचडी रेजुलेशनको स्क्रीन भएको योगा बुकमा इन्टेल एटमको २.४ गिगा हर्जसम्मको प्रोसेसर उपलब्ध छ । ४ जिबी र्‍याम छ भने ६४ जिबी इन्टरनल स्टोरेज छ । १ सय २८ जिबी सम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ ।

अपरेटिङ सिस्टम

योगा बुकमा एन्ड्रोइड र विन्डोज दुवै अपरेटिङ सिस्टमको विकल्प छ । विन्डोज प्रयोगकर्ताले भने केही बढि मूल्य तिर्नुपर्ने छ ।

yoga_2

le1

yoga4

 

 


क्लिकमान्डु