नेपाल टेलिकमको तीज अफर



Nepal_-Telecom
नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल फोनका प्रयोगकर्ताहरूलाई तीजको अवसरमा शुभ रात्रि प्याकेज ल्याउने भएको छ ।

मोबाइल डाटामा ल्याएको यो प्याकेज आगामी भदौं १८ गते देखिन् शुरु भएर १५ दिनसम्म चल्ने छ । राती ११ बजे देखि विहान ५ बजेसम्म मोवाइल मार्फत ७ दिन भित्र ५ सय एमबी डाटा चलाउँदा ४० रुपैंया र १५ दिन भित्र १ हजार २ सय एमबी चलाउँदा ८५ रुपैंया तोकेको छ ।

नेपाल टेलिकमले प्रेस विज्ञप्ति प्रकाशित गर्दै ५ सय एमबी लिन मेसेज बक्समा SPECIAL500MB र १ हजार २ सय एमबी लिन SPECIAL1200MB टाइप गरेर १४१५ मा पठाउनु पर्ने छ ।


क्लिकमान्डु