फिनल्याण्डले राख्यो इन्टरनेट स्पीडमा नयाँ रेकर्ड



speed

एलिसा नामक फिनल्यण्डको एक नेटवर्क कम्पनीले मोबाइल इन्टरनेट स्पीडमा नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले फोर जि नेटवर्कमा १.९ जिबी प्रति सेकेन्ड गतिको इन्टरनेटको सफल परीक्षण गरेको छ । चिनियाँ कम्पनी हुवेइसँगको सहकार्यमा एलिसाले उक्त परिक्षण गरेको थियो ।

अहिलेसम्म सर्वसाधारणले प्रयोग गर्ने इन्टरनेटमा संसारकै सबैभन्दा उच्च गति ३ सय एमबि प्रति सेकेन्ड मात्र हो । अब यो भन्दा ६ गुना उच्च गतिमा मोबाइलबाटै इन्टरनेट चलाउन सकिने छ । यो गतिमा इन्टरनेट चलाउँदा सिंगो १ ब्लु रे फिल्म ४४ सेकेन्डमै डाउनलोड गर्न सकिन्छ ।

यो भन्दा अगाडि हालै १ जिबी प्रति सेकेन्ड सम्मको इन्टरनेट मोबाइल नेटवर्कमा परीक्षण सफल भएको थियो । तर यो फोर जि भन्दा एक पुस्ता नयाँ प्रविधि ‘फाइब जि’ मा परिक्षण गरिएको थियो ।


क्लिकमान्डु