टेलिकमको डाटा प्याक अफर



bhdrakaliकाठमाडौँ । नेपाल टेलिकमले बुबाको मुख हेर्ने दिन (कुसे औंसीको) को अवसर पारेर ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ ।

जिएसएम प्रिपेड मोबाइलमा मात्रै लागु हुने यो अफर भदौ १६ देखि सुरु भइ तीन महिनासम्म मान्य हुने छ । प्रयोगकर्ताले बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म यो अफर प्रयोग गर्न सक्छन् । १ सय एमबी डाटाको ३ दिनको अवधिका लागि ४५ र २ सय २५ एमबिको ७ दिने अवधिका लागि  ९० रुपैयाँ तोकिएको छ ।

अफर एक्टिभेट गर्न १ सय एमबी डाटा लिनका लागि SPECIAL100MB र २ सय २५ एमबी डाटा लिन SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने टेलिकमले जनाएको छ ।


क्लिकमान्डु