‘आइटी प्रोफेशनल’लाई अष्ट्रेलीयामा कस्ता छन् अवसर?



it1सिड्नी । अष्ट्रेलीया प्राविधिक विषय पढ्ने र काम गर्ने दुवैका लागि आकर्षक देश बन्दै गएको छ । विकसित मुलुकहरू मध्ये बसाई सराइका प्रक्रिया केही सहज,  र राम्रो जीवन शैलीको कारण नेपाल जस्ता देशबाट अष्ट्रेलीया आउनेको संख्या बढ्दै छ ।

अष्ट्रेलीयाका प्रमुख शहरहरू सिड्नी, मेलबर्न, पर्थ, एडिलेड लगायतमा नेपालीहरूको बाक्लै उपस्थिती यतिखेर बनिसकेको छ । अष्ट्रेलिया नेपालीहरूको लागी मात्र होईन विश्वका धेरै विकसित र विकासशील देशका बासिन्दाका लागी अवसरको केन्द्र हो ।

अध्ययन र जागिर सँगै अर्को मुख्य आकर्षण यहाँको स्थायी बसोबासको अवसर हो । विश्वभरबाटै वर्षेनी दुई लाखको हाराहारीमा अष्ट्रेलियामा दक्ष कामदारको रूपमा स्थायी बसोवासको अनुमति पाउँछन् जसलाई ‘परमानेन्ट रेजिडेन्सी’ (पीआर) भनिन्छ ।

शिक्षा, सुरक्षा, सुविधा र सेवाका कारण अष्ट्रेलीयालाई माइग्रेसनको सबैभन्दा उत्तम विकल्पको रूपमा लिन थालिएको छ। यी त्यही कारण हुन जसले गर्दा संयुक्त राष्ट्र संघले अष्ट्रेलियालाई बस्नको लागि विश्वकै दोस्रो उत्तम मुलुकको रूपमा राखेको छ ।

प्रविधि क्षेत्रमा उच्चशिक्षा हासिल गरेका र केही वर्षको अनुभव भएकाहरूका लागी अष्ट्रेलियाको ‘पीआर’ र करिअर विकास गर्न सहज अवसर छन् । अष्ट्रेलिया सरकारले आर्थिक वर्ष २०१६-२०१७ का लागी दक्ष जनशक्तिको सूचि (स्किल्ड अकुपेसन लिस्ट (एसओएल))मा प्रविधि क्षेत्रका यी पेशालाई प्राथमिकताका साथ राखेको छ ।

यी पेशा भएकाहरूका लागी ‘स्किल्ड माईग्रेसन स्ट्रीम’मा प्रदान गरिने कोटाको संख्या पनि उल्लेख्य छ ।

१. आईसिटी बिजनेस एनालिष्ट

२. सिस्टम एनालिष्ट

३. एनालिष्ट प्रोग्रामर

४. डेभेलोपर प्रोग्रामर

५. सफ्टवेयर ईन्जिनियर

६. कम्प्युटर नेटवर्क एण्ड सिस्टम ईन्जिनियर


क्लिकमान्डु