१७ हजार रुपौयाँमा ३ जिबी र्‍याम भएको इलुगा ए २ नेपालमा



Panasonic-final

पानासोनिक कम्पनीले दुई वटा नयाँ स्मार्टफोनहरु नेपालमा सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनहरुमा इलुगा ए २ र पि ६६ मेगा मोडेलका स्मार्टफोनहरु रहेका छन् ।

पानासोनिक इलुगा ए २ का आकर्षक फिचरहरुमा ५ इन्चको एचडी आइपिएस डिस्प्ले, १ गिगाहर्ज क्वार्ड–कोर ६४ बिट प्रोसेसर, ३ जिबी र्‍याम, १६ जिबी इन्टर्नल मेमोरी, एक्स्टर्नल मेमोरीका लागि १२८ जिबीसम्मको मेमोरी कार्ड सपोर्ट, ८ मेगपिक्सेल रियर क्यामेरा, ५ मेगापिक्सल फ्रन्ट क्यामेरा, ४ हजार एमएएच ब्याट्री क्षमतालगायत रहेका छन् ।

ललिपप ५.१ अपेरिटङमा चल्ने यस स्मार्टफोनलाई एन्ड्रोइड ६ मार्सम्यालोमा अपग्रेड गर्न सकिन्छ । नेपाली बजारमा इलुगा ए २ को मूल्य रु १६ हजार ९ सय ९० रहेका छ । कम मूल्यमा ३ जिबी र्‍याम लगायतका आकर्षक फिचर भएको इलुगा ए २ एउटा राम्रो विकल्प बन्न सक्छ ।

यसैगरी, पानासोनिक पि ६६ मेगाका मूख्य फिचरहरुमा ५ इन्चको एचडी डिस्प्ले, १.३ गिगाहर्ज क्वार्ड कोर, ६४ बिट प्रोसेसर, २ जिबी र्‍याम, १६ जिबी इन्टर्नल मेमोरी र एसडी कार्डमार्फत ३२ जिबी एक्स्टर्नल मोमोरी बढाउन सकिने सुविधा रहेको छ ।

रिअर क्यामेरा ८ मेगापिक्सेल, फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ भने सेटको ब्याट्रि ३२ सय एमएएच क्षमताको रहेको छ । नेपाली बाजरमा पि ६६ को मूल्य १३ हजार ४ सय ९० रहेको छ ।


क्लिकमान्डु