माइक्रोम्याक्स क्यू ४६५ स्मार्टफोन नेपाली बजारमा



Micromax-01
माइक्रोम्याक्सले नयाँ स्मार्टफोन नेपाली बजारमा भित्राएको छ । माइक्रोम्याक्सले मिडरेन्जका ग्राहकहरुलाई लक्षित गरेर क्यू ४६५ स्मार्टफोन उपलब्ध गराएको हो ।

क्यू ४६५ का आकर्षक फिचरहरुमा ५.१ इन्च एचडी स्क्रिन रहेको छ । १.३ गिगाहर्ज क्वार्डकोर प्रोसेसर, २ जिबी र्‍याम, १६ जिबी इन्टनल मेमोरी, माइक्रो एसडी कार्डमार्फत ३२ जिबी एक्टर्नल मेमोरी बढाउन सकिन्छ । यो सेटमा ८ मेगापिक्सेलको रियर क्यामेरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।
स्मार्टफोनमा ३ हजार ९ सय एमएएचको याट्री रहेको छ । जसले गर्दा नेपालजस्तो लोडसेडिङको समस्याले गर्दा भनेको बेलामा चार्ज गर्न नपाइने वा वाहिर काममा हिडिरहनु पर्ने युजरहरुलाई क्यू ४६५ स्मार्टफोन उपयुक्त रोजाइ बन्न सक्छ ।

कम्पनीका अनुसार थ्रिजी र फोरजी दुबै नेटवर्कमा चल्न सक्ने यस स्मार्टफोनको नेपाली बजारमूल्य रु १६ हजार २ सय ३६ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु