आईरिस स्क्यान भएको सामसुङको नोट सेभेन



Samsung-galaxy-s7-4
एप्पलको आईफोनसंग मोबाइलको अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको सामसुङले आफ्नो नोट सिरिज अन्तर्गत ग्यालेक्सि नोट सेभेनलाई अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरेको छ ।

एप्पलले आईफोन ७ लाई अन्तराष्ट्रिय बजारमा ल्याउने हल्ला चलाउन थाले देखिन्नै सामसुङले उक्त मोडललाई टक्‍कर दिन नोट सेभेनलाई अगाडि नै बजारमा ल्याएको हो । रियो ओलम्पिकमा सहभागी भएका केही खेलाडीहरूलाई प्रयोग गर्न दिएर मात्र अन्तराष्ट्रिय बजारमा यो सेट आएको हो ।
सामसुङले यो सेटलाई सुरक्षित बनाउन धेरै किसिमका प्रविधिहरू समावेश गरेको छ । जसमा आईरिस स्क्यान प्रविधि पनि हो । मोबाइलमा पहिलो पटक समावेश भएको यो प्रविधिले प्रयोगकर्ताको आँखाको पहिचान गरेर मात्र मोबाइल सेटलाई खोल्ने गर्छ । यो सेटमा फिंगर प्रिन्ट, प्याट्रन, पासवर्ड र पिन नम्बरद्वारा पनि सेटलाई सुरक्षित राख्न सकिन्छ ।

यो सेटका प्रयोगकर्तालाई थप सुविधा दिन एस पेनको पनि व्यवस्था मिलाइएको छ । यो पेनले सेट चलाउने मात्र नभएर आफुले चाहेको कुराहरु लेख्ने, नोट बनाउने लगायत धेरै किसिमका कामहरु गर्न सकिन्छ । यो पेनको अर्को विशेषता भनेको यसले सेटको स्क्रिनलाई छुनै पर्छ भन्ने छैन केही मिलि मिटरको दुरीमै यसले विविध जानकारी स्क्रिनमा डिस्प्ले गर्छ ।

यो सेटमा रहेको भिडियोहरू हाई डायनामिक रेन्ज (एचडिआर) मा हेर्न सकिन्छ । जसले हेर्ने व्यक्तिलाई बिशेष आनन्द आउँछ । यो सेटले केवल हेर्नलाई मात्र नभएर फोटो र भिडियो खिच्नका सौखिनहरुलाई पनि प्रोफेसनल फोटोग्राफिका सुविधाहरु दिएको छ । यसको क्यामेरा १२ मेगापिक्सेलको भएपनि यसमा आईएसओ र एफस्पट भएको कारण प्रोफेसनल फोटोग्राफि गर्न सकिन्छ भने फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ । भिडियो फोर केमा खिच्न सकिने हुनाले भिडियोको डिटेलपन अरुको तुलनामा स्पष्ट बढी हुन्छ ।

कर्भ स्क्रिन रहेको यो सेटलाई प्रयोगकर्ताले एकै हातले चलाउन मिल्छ । यसको स्क्रिन साईज ५ दशमलव  ७ इन्च रहेको छ ।

एण्ड्रोइडको मार्समेलो रहेको यो सेटको प्रोसेसर ओक्टाकोर ४ गुणा २.३ गिगाहर्ज रहेको छ । ४ जिवि रोम र ६४ जिवि मेमोरी रहेको यो सेटमा २ सय ५६ जिविसम्म मेमोरी थप्न सकिन्छ । ३ हजार ५ सय एमएएच क्षमताको ब्याट्रि रहेको यो सेटमा ब्याट्रीलाई भने चेन्ज गर्न सकिँदैन ।


क्लिकमान्डु