एनटिसीका ग्राहक पुगे १ करोड ४४ लाख, एनसेललाई बढ्यो चुनौती



काठमाडौं । सबैभन्दा बढि टेलिफोन ग्राहक हुने टेलिकम कम्पनीमध्ये फेरी नेपाल टेलिकम अगाडि आएको छ । प्रतिस्पर्धी कम्पनीहरूलाई पछि पार्दै नेपाल टेलिकमले आफ्ना ग्राहकको संख्या १ करोड ४४ लाख पुर्‍याएको छ ।

नेपाल दुरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याकं अनुसार एनटीसीको मुख्य प्रतिस्पर्धी एनसेलका ग्राहक १ करोड ३६ लाख मात्र पुगेका छन् । दुई वर्ष अघिको प्राधिकरणकै तथ्याङ्कमा नेपाल टेलिकम भन्दा एनसेलका ग्राहक १३ लाखले बढि थिए ।

यो २ वर्षको अवधिमा अरू साना कम्पनीका ग्राहक भने उल्लेख्य बढ्न सकेनन् । युटिएलका ग्राहक ५ लाख ८ हजारबाट ५ लाख २६ हजार मात्र पुगेका छन् । अर्को कम्पनी स्मार्ट टेलले भने २ लाख ग्राहक थप गरी साढे १३ लाख पुर्‍याएको छ ।

फिक्स्ड फोनमा छैन आकर्षण

ल्यान्डलाइन पनि भनिने फिक्स्ड फोनको जडान शुल्कमा ब्यापक कटौती गर्दा पनि ग्राहक खासै आकर्षित हुन सकेका छैनन् । २ वर्ष अगाडी भन्दा ०.८ प्रतिशतले मात्र यस्ता फोनको संख्यामा बृद्दी भएको छ । जबकी यही अबधीमा मोबाइn प्रयोगकर्ता को संख्या २७.५५ प्रतिशतले बृद्दी भएको छ ।

इन्टरनेट चलाउने ह्वात्तै बढे

प्राधिकरणको तथ्याङ्कले यो दुइ वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको देखाएको छ । अहिले नेपालको कुल जनसङ्ख्याको आधा बराबर इन्टरनेट प्रयोगकर्ता पुगेका छन् । २०७१ जेठमा सार्वजनिक गरेको तथ्याङ्कमा इन्टरनेट पेनेट्रेसन करिब ३२ प्रतिशत रहेकोमा यो वर्ष ५० प्रतिशत पुगेको छ ।
यी मध्ये अधिकांश प्रयोगकर्ता मोबाइल फोन मार्फत इन्टरनेट चलाउँछन् । ९४ प्रतिशत ग्राहकले जिपिआरएस जस्ता मोबाइल इन्टरनेट सुविधा प्रयोग गर्छन् । बाँकी ६ प्रतिशतले मात्र एडिएसएल, अप्टिक फाइबर, डायलअप जस्ता सेवाको प्रयोग गर्छन् ।

 

ntcvsncell


क्लिकमान्डु