म्युजिक लर्भसलाई जेडटिइ एक्स सिक्स



Zte-s6
तपाई आफ्नो मोवाइलमा म्युजिक सुन्न कत्तिको चाहनु हुन्छ ? म्युजिक लभर्सहरुलाई लक्षित गरेर चीनको जेडटिइले नेपाली बजारमा फोर्थ जेनेरेशनको ब्लेड एस सिक्स सिरिजको मोवाइल फोनलाई हालै सार्वजनिक गरेको छ ।

यो सेटमा तपाई संगीत सुन्न चाहनु हुन्छ भने ५ ईन्चको स्क्रिमा अंग्रेजी अक्षरको भिलाई ड्र गर्नु भयो भने आफैं संगीत बज्न शुरु भैहाल्छ । यदी मोवाइललाई हल्लाउनु भयो भने टर्चलाईट आफैं बल्छ । भोलमको बटनलाई थिचेर मोलाईलाई ठाडो पारेमा सेटको स्क्रिनले ऐनाको काम गर्छ, यदी तपाई युवा हो भने दाह्री काट्न र युवती हो भने श्रृंगार समेत गर्न सक्नुहुन्छ । यही सेटलाई तेस्रो पार्दा तुरुन्त फोटो खिच्न समेत मिल्छ । यो सेटले मोवाइलका प्रयोगकर्ताहरुले अधिक चाहने कामहरुलाई सजिलै चलाउन मिल्ने प्रयास गरेको छ । यो ट्रेण्ड बिस्तारै अरु सेटमा पनि बढ्दै जाने देखिन्छ ।

यो सेटले मोवाइलमा बढ्दै गएको सेल्फि, विफि र फोटोग्राफी र भिडियोग्राफीलाई पनि विशेष ध्यान दिएको छ । सेल्फि र विफिको लागि यो सेटको फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ भने रियर क्यामेरा १३ मेगा पिक्सेलको छ । तस्विरको गुणस्तर राम्रो होस् भन्नका लागि यो सेटमा सोनी कम्पनीले तयार पारेको आइएमएक्स २१४ क्यामेरा जडान गरिएको छ भने फोटोलाई प्रष्ट पार्न वटा सेन्सरहरु रहेको छ ।

७.७ मिलिमिटर मोटाइ भएको यो सेट तुलनात्मक रुपमा पातलो रहेको छ भने सेटको वरिपरिको भाग घुमाउरो भएको कारण आकर्षक देखिएको छ । १.५ गिगाहर्ज क्वालकोम स्न्यापड्रयागन ओक्टाकोर प्रोसेसर रहेको यो सेटमा २ जिवि र्‍याम र १६ जिवि रोम रहेको छ भने यो सेटले ६४ जिवीसम्मको मेमोरी कार्ड सर्पोट गर्छ । २ हजार ४ सय एमएएच ब्याट्रि क्षमता रहेको यो सेटको नेपाली बजार मुल्य १५,९९० रुपैंया तोकिएको छ ।


क्लिकमान्डु