मर्जरमा जाने बैंकका सीइओ र उच्च व्यवस्थापनलाई कुलिङ पिरियड नलाग्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकका सीइओ र उच्च व्यवस्थापनलाई कुलिङ पिरियड नलाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले आज ४ बजे मौद्रिक नीति सार्वजानिक गर्दै यस्तो घोषणा गर्ने भएका छ न् ।

यसअघि बैंकका सीइओले एउटा बैंक छाडेपछि ६ महिना अर्को बैंकमा नियुक्ति लिन नपाउने व्यवस्था थियो भने उच्च व्यवस्थापनले ३ महिना अर्को बैंकमा जान नपाउने व्यवस्था थियो ।

बैंकहरु आपमा मर्जमा जाँदा सीइओ र उच्च व्यवस्थापनको व्यवस्थापन गर्न सजिलो होस् भनेर राष्ट्र बैंकको कुलिङ पिरियड हटाएको हो ।

‘दुई बैंक मर्ज हुँदा १ जना सीइओ र केही उच्च व्यवस्थापन बेरोजगारा हुने संभावना भएकाले मर्जरमा जाने बैंकको हकमा कुलिङ पिरियड नलाग्ने व्यवस्था गरेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले कुलिङ पिरियड हटाउने लगायतका ६ वटा माग राखेको थियो ।


पुष्प दुलाल