नौबिसे-मुग्लिन खण्डमा सवारी चलाउँदै हुनुहुन्छ ? अब तिर्नुपर्ने छ बढी सडक दस्तुर



काठमाडौं । नौबिसे-मुग्लिन-हेटौडा तथा नारायणगढ सडकखण्डमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने अब बढी ससडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ ।

सडक बोर्ड नेपालले आज एक सूचना प्रकाशित गरी उक्त ससडकमा भल्ने सवारी साधनमा सडक उपभोग दस्तुर बढाएको छ । सडक मर्मत सम्भारका लागि स्रोत संकलन गरी मर्मत सम्भार गर्न दस्तुर बढाइएको बोर्डले जनाएको छ ।

सूचना अनुसार नौबिसे-मुग्लिन सडक खण्डमा भारी सवारी साधन बस, ट्रक, मिनिबस, मिनिट्रक र हेभि मेशिनरी इक्वीपमेन्टले अब १२० रुपैयाँ सडक दस्तुर तिर्नुपर्ने भएको छ । सोही खण्डमा हलुका सवारी साधनले जस्तै कार, जीप, पिकअप भ्यान र ट्रयाक्टरले ५० रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै तिनपांग्रे टेम्पो र मोटर साइकलले १० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

त्यस्तै हेटौडा-नारायणगढ खण्डमा चल्ने भारी सवारी साधन बस, ट्रक, मिनिबस, मिनिट्रक र हेभि मेशिनरी इक्वीपमेन्टले अब १०० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै सोही खण्डमा हलुका सवारी साधनले जस्तै कार, जीप, पिकअप भ्यान र ट्रयाक्टरले ४ ० रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै तिनपांग्रे टेम्पो र मोटर साइकलले १० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

नयाँ दस्तुर यही असार १७ गतेदेखि लागू हुने बोर्डले जनाएको छ ।


पुष्प दुलाल