भक्तपुरका ८८ र काठमाडौंका ६२ व्यापारीलाई १५ दिनभित्र कर तिर्न आउन राजस्वको सूचना



काठमाडौं । आन्तरिक राजश्व कार्यालय भक्तपुरले आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने ८८ जना व्यापारीलाई १५ दिनभित्र कर चुक्ता गर्न आग्रह गरेको छ ।

आयकर र मूल्य अभिवृद्धि कर तिर्न पटक पटक आग्रह गर्दा समेत अटेर गरेर बसेका व्यापारीलाई तत्काल कर तिर्न आग्रह गरेको हो ।
पटक-पटक कर तिर्न आग्रह गर्दा समेत अटेर गरेर बसेका व्यवसायीलाई १५ दिन भित्र कर नतिरेको खण्डमा कानून अनुसार कारवाही गर्ने समेत सो कार्यालयले जनाएको छ ।

सो समयसम्म पनि कर तिर्न नआएको खण्डमा कानूनअनुसार र बाँकी बक्यौता अनुसार असूल उपर गर्ने समेत कार्यालयको सूचनामा उल्लेख छ । सरकारले पछिल्लो समय तोकिएको राजश्व उठाउन समस्या भएपछि कर तिर्न व्यापारीलाई कडाई गरिरहेको छ ।

हरेक दिन जसो सार्वजनिक सूचना प्रकाशित गरेर कर कार्यालहरुले कर तिर्न आउन ताकेता गरिरहेका छन् । राजश्वको लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको योजनालाई सफल गराउने भन्दै कर कार्यालयहरुले करका लागि ताकेता गरेको स्रोतको दावी छ ।

कर कार्यालयका अनुसार अधिकाशं व्यापारीले मूल्य अभिवृद्धि कर(भ्याट) तिर्न अटेर गदैृ आएका छन् ।

ठमेल कर कर्यालयले निकाल्यो ६२ जनाको सूचना

यस्तै कर तिर्न अटेर गर्दै आएका व्यापरीलाई आन्तरिक राजश्व कार्यालय ठमेलले पनि आज एक सूचना मार्फत १५ दिन भित्र कर तिर्न आउन सूचना जारी गरेको छ ।

सो कार्यालयका अनुसार ती व्यापारीले आयकर र मूल्य अभिवृद्धि कर तिर्न अटेर गदैृ आएका छन् । पटक पटक पत्राचार, फोन सम्पर्क गर्दा समेत कर तिनृ अटेर गरी बसेका व्यवसायीलाई अन्तिम अस्त्रको रुपमा सार्वजनिक सूचना प्रकाशित गरी कर तिर्न आउन सचेत गराएको हो ।

तोकिएको समयभित्र कर तिर्न नआउने व्यापारीलाई कानूनअनुसार कारवाही गरिने र बाँकी बक्यौता अनुसार कर उठाइने सूचनामा उल्लेख छ ।


पुष्प दुलाल