नेपाल बङ्गलादेश बैँकको प्रादेशिक कार्यालयहरु स्थापना

126
Shares

काठमाडौ । नेपाल बङ्गलादेश बैंकले देशका सातै प्रदेशमा प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ ।

नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको बैकले जनाएको छ । बैकले प्रदेश एकको लागि मोरङ जिल्लाको विराटनगर, प्रदेश दुईको लागि महोत्तरी जिल्लाको बर्दिबास, प्रदेश तीनको लागि काठमाडौं जिल्लाको न्युरोड, प्रदेश चार गण्डकी प्रदेशको लागि कास्की जिल्लाको पोखरा, प्रदेश पांचको लागि बांके जिल्लाको नेपालगञ्ज, प्रदेश छ कर्णाली प्रदेशको लागि सुर्खेतमा र प्रदेश सातको लागि कैलाली जिल्लाको धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरि प्रादेशिक प्रमुखहरु पनि तोकिएको जनाएको छ ।

स्थापना गरिएका प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतका शाखा कार्यालयहरुको समन्वय, अनुगमन तथा सुपरिवेक्षण गर्ने, शाखा कार्यालयहरुलाई सहजीकरण गर्ने, जोखिम ब्यवस्थापन, ब्यवसाय विस्तारमा सहयोग गर्ने, सेवा सुधार गराउने, गुनासो सुनवाई लगायतका कार्यहरु गर्ने जिम्मेवारी तोकिएको पनि जनाएको छ ।

बैकको देशभर हाल ८१ वटा शाखा कार्यालयहरु रहेका छन । बैकले हाल ५२ अर्ब निक्षेप परिचालन गरि ४९ अर्ब कर्जा प्रवाह गरेको छ । साथै बैकको ६३ वटा एटिएम संचालनमा रहेका छन ।

Skip This