कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको गोंगबुमा
काठमाडौ । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा टोखा नगरपालिकाको गोंगबुमा नयाँ शाखा कार्यालय स्थापनाग गरेको छ ।
बैंकका संचालक देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुभारम्भ गरेका हुन । शुभारम्भ कार्यक्रम कामु प्रमुख कार्यकारी अधिकृतले बैंकले प्रदेश नं १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य Ôेत्रहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे जानकारी दिए ।
कामना बैंकले हाल मा ६३ वटा शाखा तथा १७ वटा एटिएममार्फत देशभर गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।