हत्याको आरोप लागेका सांसद रेशम चौधरीलाई शपथ गराइँदै



काठमाडौं । कैलालीमा प्रहरी तथा स्थानीयबासीको हत्याको अभियोग लागेका सांसद रेशम चौधरीलाई संघीय संसद् सचिवालयले आज पद तथा गोपनियताको शपथ ग्रहण गराउने भएको छ ।

कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद चौधरीलाई प्रतिनिधिसभाको निर्वाचन भएको लामो समयपछि पद तथा गोपनियताको शपथ ग्रहण गराउन लागिएको हो ।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले आज विहान ११.३० मा उनलाई पद तथा गोपनियताको शपथ गराउन लागेका हुन् ।

सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार आज उनलाई शपथ ग्रहण गराउन लागिएको हो ।

हत्याको आरोप लागेको राजपाका सांसद चौधरीको मुद्दा जारी रहेको पनि आज कसरी शपथ ग्रहण गराउन लागियो भन्ने बारेमा केही बताइएको छैन ।


पुष्प दुलाल