गुल्मीको रिडीमा वाणिज्य बैंकको शाखा खुल्यो




काठमाडौ । शाखा विस्तार गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकले गुल्मी जिल्लाको रिडिमा नयाँ शाखा खोलेको छ ।

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले राष्ट्रिय वाणिज्य बैकको रिडि शाखाको औपचारीक रुपमा शुभारम्भ गरेका छन । रिडि शाखा खुलेसँगै बैंकको शाखा कार्यालयको संख्या २१० पुगेको छ । सो समारोहमा प्रमुख अतिथि माननीय प्रदिपकुमार ज्ञवालीले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताउंदै राष्ट्रिय वाणिज्य बैंक जनताकै बैंक भएकोले ढुक्कसंग कारोबार गर्न अनुरोध गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक विकासको लागि वित्तीय पहुंच विस्तार गरिने बताए ।

हाल बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध छ ।


पुष्प दुलाल