गरिमा विकास बैंकको नयाँ शाखा नेपालगञ्जमा
काठमाडाैं । गरिमा विकास बैंकले शाखा विस्तार गर्ने क्रममा बाँके जिल्लाको नेपालगञ्जमा नयाँ शाखा खोलेको छ ।
उक्त शाखा विहिबारदेखि सञ्चालनमा आएको छ । शाखाकार्यालयको उदघाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. डा. धवल शमशेरले गरेका हुन ।
विकास बैंकले यस अघि पौष ११ गते बुधबार घोराही र धनगढी शाखा कार्यालयको उद्घाटन गरेको थियो ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने योजना बनाएको छ। ।