नारायणगढमा सेञ्चुरी कमर्सियल बैंकको एटीएम सेवा



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले चितवनको नारायणगढ शाखा, बेलचोकबाट, पौष ३ गतेदेखि एटीएम सेवा सञ्चालनमा ल्याएकोे छ ।

बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले एटीएम सेवाको उद्घाटन गरे ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ । साथै ५८ वटा एटीएम सेवा प्रदान सञ्चालनमा रहेको छ ।


क्लिकमान्डु