साउदीबाट टिक्मोमार्फत आइएमई गर्दा बीवाइडी र आइफोन १७ जित्न सकिने


काठमाडौं । नेपालको प्रतिष्ठित रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले साउदी अरबमा रहेका नेपालीहरूका लागि ‘टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ योजना सार्वजनिक गरेको छ ।

यहि पुस २१ गतेदेखि सुरु भएको यो योजना आगामी चैत १७ गतेसम्म सञ्चालन हुनेछ । यस अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले ‘टिक्मो’ एप प्रयोग गरी आइएमईमार्फत नेपालमा पैसा पठाउँदा आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनेमध्ये एक जना भाग्यशाली विजेताले मेगा पुरस्कार अन्तर्गत बीवाइडी एट्टो १ इभी कार प्राप्त गर्नेछन् । यस्तै, मासिक रूपमा दुई जना भाग्यशाली विजेताले याडिया ओविन इभी स्कुटर जित्न सक्नेछन्।

त्यसैगरी, साप्ताहिक रूपमा छानिने १२ जना भाग्यशाली विजेताहरूले आइफोन १७ प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना अवधिभर कुल १५ जना भाग्यशाली व्यक्तिहरू लाभान्वित हुनेछन् । विजेताहरूको छनोट पारदर्शी डिजिटल लक्की ड्रमार्फत गरिनेछ ।

वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ल्याइएको यस योजनाले डिजिटल प्रविधिमार्फत सुरक्षित रूपमा पैसा पठाउन प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

विगत लामो समयदेखि वैदेशिक मुद्रा, प्रविधि र सीप भित्र्याउन योगदान पुर्‍याउँदै आएका नेपालीहरूलाई यसपटक विदेशबाट पैसा पठाउँदा उपहारको माध्यमबाट थप खुसी प्रदान गर्न लागिएको आइएमईले जनाएको छ।

पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि लोकप्रिय बन्दै गएको सन्दर्भमा यो योजनाले वैधानिक माध्यमबाट रेमिटेन्स पठाउन थप मद्दत पुग्ने विश्वास लिइएको छ।

Skip This