सिटिजन्स बैंकका ग्राहकलाई ब्लू क्रस हस्पिटलमा विशेष छुट
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लू क्रस हस्पिटल प्रालि, त्रिपुरेश्वरबीच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र हस्पिटलका तर्फबाट व्यवस्थापन समूहका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता पछि सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले ब्लू क्रस हस्पिटल प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउने छन् ।