यातायातबाट उठ्यो २३ अर्ब ६४ करोड राजस्व, कुन प्रदेशमा कति संकलन (विवरणसहित)



काठमाडौं । यायायात व्यवस्था विभागले आर्थिक वर्ष २०७४/०७५ मा २३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

विभागले ७ प्रदेशमा रहेका यातायात कार्यालयबाट राजस्व संकलन गर्दै आएको छ । सवारी आयात घटेपनि राजस्व संकलनमा पनि कमी आएको छैन् ।

अघिल्लो आवमा विभागले २० अर्बभन्दा बढी राजस्व संकलन गरेको थियो । विभागले अन्तर्गतका कार्यालयले सवारीसाधन कर, सडक सम्भार तथा मर्मत शुल्क, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर, इम्बोस्ड नम्बर जडान शुल्क, दण्ड जरिवाना र यातायात क्षेत्रको आम्दानी शीर्षकमा राजस्व संकलन गरिरहेका छन् ।

जसमा विभागले सवारीसाधन कर शीर्षकमा १० अर्ब ६५ करोड, ७६ लाख ९९ हजार, सडक सम्भार तथा मर्मत दस्तुरमार्फत नौ अर्ब ४३ करोड ३६ लाख ९० हजार, सवारी चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर शीर्षकमा दुई अर्ब ८४ करोड ७० लाख रुपैयाँ र इम्बोस्ड नम्बर प्लेट जडानमार्फत एक करोड ९५ लाख राजस्व संकलन गरेको जनाएको छ ।

साथै यातायात कार्यालयले यातायात क्षेत्रको आम्दानी शीर्षकमा ६८ करोड ६० र प्रशासनिक दण्ड जरिवानमार्फत ५४ लाख ६५ हजार रुपैयाँ संकलन गरेको हो ।
जनाएको छ ।

कुन प्रदेशमा कति

७ प्रदेशमा रहेका साविकमा अञ्चलन यातायात कार्यालयहरुले संकलन गरेको रकमलाई नै विभाग प्रदेश अनुसार वर्गीकरण गरेको छ ।

जसमा सबैभन्दा बढी सवारी घनत्व भएको वाग्मती अञ्चल कार्याल रहेको प्रदेश ३ ले सबैभन्दा बढी राजस्व संकलन गरेको छ । प्रदेश ३ ले मात्रै कुल सवारी राजस्वको ५१ प्रतिशत रकम संकलन गरेको छ । प्रदेश ३ ले १२ अर्ब १३ करोड ८५ लाख ४२ हजारभन्दा बढी राजस्व संकलन गरेको छ ।

यसैगरी प्रदेश २ ले ४ अर्ब २६ करोड ९३ लाख ३० हजार राजस्व संकलन गरेका छन् । यो राजस्व संकलनकोे हिस्सा १८ प्रतिशत छ । यसैगरी प्रदेश १ ले २ अर्ब १२ करोड ६७ लाख रुपैयाँ ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तैगरी प्रदेश ४ ले एक अर्ब २० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ ।
प्रदेश ५ ले भने ३ अर्ब ३० करोड, प्रदेश ६ ले सबैभन्दा कम ९ करोड र प्रदेश ७ ले ५१ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ ।


पुष्प दुलाल