२५ लाखको लागतमा कभर्ड हल निर्माण हुँदै, खेलाडीलाई लाभ



पाल्पा । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ ।

राष्ट्रिय खेलकूद परिषद्को कूल २५ लाखको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३० मिटर लम्बाइको छ । हल निर्माणबाट ब्याटमिण्टन, भलिबल, तेक्वान्डो, कराँते लगायतका विभिन्न खेल सञ्चालनमा सहज हुनेछ ।

उक्त नगरपालिकाको वडा नं ७ कठानस्थित बेलेआँपमा निर्माण गर्न लागिएको सो हलको शिलान्यास बिहिबार नगर प्रमुख रमणबहादुर थापाले शिलान्यास गरेका थिए । रासस


क्लिकमान्डु