विश्वकपलाई लक्षित गर्दै टिभी कम्पनीले ल्याए अफरै अफर, नगद फिर्तादेखि ३०% सम्म छुट



काठमाडौं । फिफा विश्वकप सुरु हुन ६ दिन बाँकी छ । विश्वभरबाट लाखौँको संख्यामा मानिसहरु विश्कप हेर्न रुस पुग्नेछन् । तर रुस नपूग्न सक्नेहरु भने घरमै बसेर टेलिभिजनमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नेछन् । यो विश्वकप संसारको आधा जनसंख्याले हेर्ने बताइन्छ । घरमै बसेर टेलिभिजनमा विश्वकप हेर्न चाहने दर्शकका लागि टेलिभिजन कम्पनीले विभिन्न अफर पनि सार्वजनिक गरेका छन् ।

एलजी, सिजी, टिसिएल

यी तीनवटै कम्पनीका टेलिभिजन खरिदमा क्यास ब्याक अफर राखिएको छ । सिजीका २४ इन्चभन्दा माथिका सबै टेलिभिजनमा छुटको अफर पनि राखिएको छ । एलजी र सिजीका ३२ इन्च भन्दा ठूलो आकारका टेलिभिजनमा ३० प्रतिशतसम्म छुट राखिएको छ । यसका अलावा एलजी र सिजीका टेलिभिजन खरिदमा साउण्ड सिस्टम पनि उपहारस्वरुप पाउन सकिने कम्पनीले बताएको छ । ४ वर्ष देखि २ वर्षसम्मको वारेन्टी भएको यी टेलिभिजनहरुमा विश्वकप अवधिभर छुट, क्यास ब्याक अफर र साउण्ड सिस्टम उपहार अफर रहने सिजी इलेक्ट्रोनिक्सले जानकारी दिएको छ ।

सामसङ

विश्वकपलाई लक्षित गरेर सामसङ टेलिभिजनले पनि क्यास ब्याक अफर सार्वजनिक गरेको छ । सामसंगले आफ्ना २३ इन्चभन्दा माथिका टेलिभिजन खरिदमा ११ प्रतिशत देखि २७ प्रतिशतसम्म क्यास ब्याक अफर दिने बताएको छ । यसका अलवा सामसुगंले प्रत्येक टेलिभिजन खरिदमा गिफ्ट भौचर दिएको छ । सामसुगंले एउटा लक्कि ड्र अफर पनि सार्वजनिक गरेको छ । यो अफर विश्वकप अवधिभर रहने छ ।

सोनी

सोनी टेलिभिजनले नेपाली दर्शकलाई लक्षित गर्दै क्यास ब्याक अफर सार्वजनिक गरेको छ । टिभि खरिदमा २५ प्रतिशतसम्म क्यास ब्याक पाउन सकिने छ । यसका साथै सोनी टिभीको ६५ इन्च मोडलमा साउण्ड सिस्टम र गेम खेल्नको लागि प्ले स्टेनसन पनि उपलब्ध गराउने भएको छ ।

हाइसेन्स

विश्वकपलाई लक्षित गर्दै हाईसेन्स टिभीले एक हैन दुई हैन तीन भन्ने अफर सार्वजनिक गरेको छ । हाईसेन्सको टिभी खरिदमा लक्कि ड्र, स्क्रयाच कुपन र डिस्काउन्ट गरि तीनवटा अफर सार्वजनिक गरेको छ । हाईसेन्सका सबै टेलिभिजनमा यो अफर लागु हुने छ ।


पुष्प दुलाल